• १५ चैत २०८०, बिहिबार

‘अवतार : द वे अफ वाटर’ महँगो चलचित्र

blog

काठमाडौँ, मङ्सिर ८ गते । जेम्स क्यामरुन निर्देशित हलिउड चलचित्र ‘अवतार : द वे अफ वाटर’ अहिलेसम्मकै महँगो चलचित्र भएको समाचार एजेन्सीले जनाएको छ। 

निर्देशक क्यामरुनले ‘अवतार २’ अहिलेसम्म बनेकामध्ये महँगो चलचित्र बनेको बताउनुभएको छ। वितरण कम्पनी ‘ट्वेन्टिथ सेन्चुरी फक्स’का अधिकारीसँग पनि क्यामरुनले फिल्म इतिहासमै खराब ढङ्गले निर्माण खर्च बढेको गुनासो गर्नुभएको छ।

दुई खर्ब (दुई बिलियन डलर) कमाए मात्र लगानी सुनिश्चित गर्ने कुराचाहिँ एकदमै चुनौतीपूर्ण हुने देखिन्छ। ‘अवतार १’ को कमाइ दुई अर्ब ९० करोड डलर थियो। ‘टाइटानिक’को दुई अर्ब १० करोड डलर थियो। 

डिज्नेको ‘एभेन्जर्स : एन्डगेम’ले दुई अर्ब ७० करोड डलर कमाउन सकेको छ। एजेन्सीका अनुसार ‘अवतार २’ नेपालमा पुस १ गते प्रदर्शन हुँदै छ।