• ८ वैशाख २०८१, शनिबार

‘भो आँसु नझार’ सार्वजनिक

blog

काठमाडौँ, मङ्सिर ७ गते । गायक रामकृष्ण ढकालको ‘भो आँसु नझार’ बोलको गीत सार्वजनिक भएको छ । नारायण कँडेलको शब्द सिर्जना, रमेश कायस्थको सङ्गीत, आशिष अविरलको एरेन्ज, विकास दाहालको सम्पादन र बुद्ध एन्ड टिमको छायाङ्कन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गर्नुभएको हो । 

गीतमा गीतकार नारायण कँडेल र उनकी पत्नी गङ्गा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ । प्रेम वियोगको कथाले कलात्मक शैली बोलेको छ । दुःख पर्दा साथ छाड्नेहरूको पछिल्लो वास्तविकतालाई गीतमा जीवन्त देखाइएको छ ।