काठमाडौँ, वैशाख ५ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ३९ पैसा र बिक्रीदर १४८ रुपियाँ ९९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ०६ पैसा र बिक्रीदर १७५ रुपियाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ ७५ पैसा र बिक्रीदर २०१ रुपियाँ ५६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ६५ पैसा र बिक्रीदर १९० रुपियाँ ४१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ४० पैसा र बिक्रीदर १०६ रुपियाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ४९ पैसा र बिक्रीदर १०८ रुपियाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ६२ पैसा र बिक्रीदर ११७ रुपियाँ ०९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ७५ पैसा र बिक्रीदर २१ रुपियाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ५६ पैसा र बिक्रीदर ३९ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ७० पैसा र बिक्रीदर ४० रुपियाँ ८६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६३ पैसा र बिक्रीदर चार रुपियाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४० पैसा र बिक्रीदर ४० रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १८ पैसा र बिक्रीदर १६ रुपियाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४२ पैसा र बिक्रीदर २३ रुपियाँ ५२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ०३ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपियाँ ६२ पैसा र बिक्रीदर ४८६ रुपियाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपियाँ ५३ पैसा र बिक्रीदर ३९५ रुपियाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपियाँ ४२ पैसा र बिक्रीदर ३८६ रुपियाँ ९८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस