शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
साहारा लिम्बू
फुङलिङ, चैत ५ गते । ताप्लेजुङमा एक महिनामा पाँच जनाले आत्महत्या गरेका छन्। चैत महिनाभरि पाँच जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार पाँचै जनाले झुन्डिएर आत्महत्या गरेका हुन्। पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले मासिक प्रगति विवरण सार्वजनिक गर्दै आएको छ। सोही विवरणअनुसार उक्त संख्या सार्वजनिक भएको हो।
यस्तै, चैत महिनामा घरेलु हिंसा तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कुनै पनि उजुरी दर्ता नभएको सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो। ठाडो उजुरी चार वटा प्राप्त भएकोमा सबै उजुरी मिलापत्रमार्फत टुंग्याइएको प्रहरीले जनाएको छ।