• १० जेठ २०८१, बिहिबार

डेनमार्क र ट्युनिसियाको बराबरी

blog

समूह ‘डी’ को पहिलो खेलमा प्रतिस्पर्धा गर्दै डेनमार्क र ट्यसनिसियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ६ गते । डेनमार्क र ट्युनिसियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार राति भएको समूह ‘डी’ को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर गुमाएका थिए । ६१ प्रतिशत बल पोसेसन राखेको डेनमार्कले ट्युनिसियाको रक्षापंक्ति तोड्न सकेन । डेनमार्क र ट्युनिसियाले पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् ।

बराबरीसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । यस समूहको अर्को खेलमा आजै राति साविक विजेता फ्रान्स र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी