• १३ असोज २०८१, आइतबार

जोकोभिचलाई उपाधि

blog

टुरिन (इटाली), मङ्सिर ६ गते । बर्सियाका नोभाक जोकोभिचले तेस्रो वरीयताप्राप्त कास्पर रुडलाई ७–५, ६–३ ले हराएर एटीपी फाइनल्सको उपाधि जित्नुभएको छ। 

जोकोभिचले टेनिस सत्रको अन्तिम प्रतियोगिता छैटौँ पटक जितेर रोजर फेडररको कीर्तिमानको बराबरी पनि गर्नुभयो । यस प्रतियोगिताका पछिल्ला दुई फाइनलमा जोकोभिच पराजित हुनुभएको थियो। उहाँ सात वर्षपछि एटीपी फाइनल्समा च्याम्पियन बन्नुभएको हो।जोकोभिच यस प्रतिष्ठित प्रतियोगिता जित्ने सर्वाधिक पाका खेलाडी पनि बन्नुभएको छ। 

यस पटक अपराजित रहेर उपाधि जितेपछि उहाँले ४७ लाख डलर हासिल गर्नुभयो। रुड भने यस वर्ष प्रमुख प्रतियोगिताको फाइनलमा हारेको यो चौथो पटक हो। उहाँ मियामी, फ्रेन्च ओपन र अमेरिकी ओपनमा पनि उपविजेतामा चित्त बुझाउन बाध्य बन्नुभएको थियो। एपी