अर्जुन काफ्ले
स्याङ्जा, ५ मङ्सिर । स्याङ्जाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले प्रारम्भिक अग्रता लिनु भएको छ । एक हजार ५८९ मत गणना हुँदा थापाले ७२६ मत हात पार्दा नेकपा एमालेका नारायण मरासिनीले ५६६ मत हात पार्नु भएको हो ।
जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले १५५ मत ल्याउँदा राप्रपाका ख्याम बहादुर गुरुङले ५७ मत ल्याउनु भएको हो । यस्तै सोही केन्द्रको समानुपातिकमा नेपाली कांग्रेसले ४८८ मत ल्याउँदा एमालेले ४४४, स्वतन्त्र पार्टीले ४०४ र माओवादी केन्द्रले ९९ मत ल्याएको छ ।
यहाँ सङ्घ र प्रदेशको प्रत्यक्ष तथा समानुपातिकको मतगणना गरिएको छ । यहाँ क्षेत्र नम्बर १ मा ७१ हजार २७३ मत खसेको छ भने प्रदेश कमा ३३ हजार १९८ र खमा ३८ हजार ७५ मत खसेको छ ।