• ११ मंसिर २०८१, मङ्गलबार

मनाङमा एमालेको अग्रता

blog

बेलिना थापा 

लमजुङ, मङ्सिर ५ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को मतगणनामा हिमाली जिल्ला मनाङमा एमालेको अग्रता छ । प्रतिनिधि सभा र प्रदेश सभा ‘१’ तर्फ नेकपा एमालेको अग्रता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । कार्यालयका अनुसार प्रतिनिधि सभातर्फ ९ सय ८५ मत गन्दा नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले ५ सय ९४ मत ल्याएका छन् । काँग्रेसका टेकबहादुर गुरुङले ३ सय ८८ मत ल्याएका छन् । 

यस्तै, प्रदेश सभा ‘१’ तर्फ नेकपा एमालेका राजनबहादुर गुरुङको अग्रता छ । ७ सय ८५ मत गन्दा गुरुङले ४ सय ७८ मत ल्याएका छन् । काँग्रेसका मुनिन्द्रजङ गुरुङले २ सय ९४ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताउनुभयो । 

मनाङमा ७१ दशमलव ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको थियो ।