• १२ साउन २०८१, शनिबार

इलाम क्षेत्र नं. १ काे मतगणना सुरु

blog

प्रेम अधिकारी 

पशुपतिनगर, मंसिर ५ गते । इलाम निर्वाचन क्षेत्र नं. १ को मतगणना सुरु भएको छ । सूर्योदय नगरपालिका–१ गोर्खेको सिहंदेवी मावि केन्द्रमा विवादित ९७ मत गणना हुने सर्वदलीय सहमति भएपछि मत गणना सुरु भएको हो । 

यसअघि प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभाको मतपत्र खसेको पाइएपछि गणना सुचारु हुन सकेको थिएन । सर्वदलीय बैठकबाट ९७ मत प्रतिनिधिसभाको भएमा प्रतिनिधिसभाकै मान्यता पाउने र प्रदेशसभाको भए प्रदेशसभा नै जोड्ने सहमति भएको थियो । 

प्रतिनिधिसभा निर्वचन क्षेत्र नं १ मा १ लाख ९ हजार ५ सय ३७ मतदातामध्ये ५९ हजार १ सय ३६ मत खसेको छ । खसेको मत ५३ दशमलव ९९ हुन आउँछ । 

इलाम १ मा गठबन्धनबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले जिल्ला अध्यक्ष महेश बस्नेतबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।