• ११ मंसिर २०८१, मङ्गलबार

अछाम–२ मा मतगणना सुरु

blog

शिवराज ढुङ्गाना 

अछाम, मङ्सिर ५ गते । अछाम जिल्लाको क्षेत्र नं. २ को मतगणना प्रारम्भ गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मङ्गलसेनमा भएको सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको छ । 

ढकारी गाउँपालिकाका १, २, ३, ५, ७ र ८ वडा र तुर्माखाँद गाउँपालिकाका ३, ४, ५ र ६ वडाका मत गणना सुरु भएको छ । 

पहिला प्रतिनिधिसभातर्फको मत गणना गरिएको मुख्य निर्वाचन अधिकृत पीताम्बर शर्माले जानकारी दिनुभयो । अछाम–२ मा ४१ हजार ८११ मत खसेका छन् ।

प्रतिनिधिसभाको अछाम–२ मा गठबन्धनबाट काँग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, नेकपा (एमाले) बाट केन्द्रीय सदस्य यज्ञबहादुर बोगटी, राप्रपाका जिल्ला अध्यक्ष मीनबहादुर शाही, नेमकिपाका जिल्ला अध्यक्ष झंकरबहादुर शाही र स्वतन्त्रबाट चन्द्रप्रसाद ढुङ्गाना उम्मेदवार छन् ।