• १० जेठ २०८१, बिहिबार

इङ्ग्ल्यान्डलाई एसियाली देश इरानको चुनौती

blog

काठमाडौं, मङ्सिर ५ गते । कतार विश्वकप अन्तर्गत आज (सामेबार) समूह ‘बी’ को दुई खल हुँदैछ । साँझ ६ः४५ बजे हुने खेलमा युरोपको बलियो टोली इङ्ग्ल्यान्डले एसियाली देश इरानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकपको अनुभवी टोली इङ्ग्ल्यान्ड विश्वकपमा दोस्रो पटक एसियाली देशको सामना गर्दैछ । 

इङ्ल्यान्डलाई पहिलो खेलमा इरानलाई पन्छाउने चुनौती हुनेछ । यसअघि सन् १९८२ को विश्वकपमा इङ्ग्ल्यान्डले कुवेतसँग प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला इङ्ग्ल्यान्ड १–० ले विजयी भएको थियो ।

विश्वकपमा इङ्ग्ल्यान्ड र इरानबीत पहिलो पटक आधिकिरिक खेलमा प्रतिस्पर्धा हुन लागेको हो । एसियाली छनोट पार गर्दै पटक पटक विश्वकप खेल्दै आएको इरानले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । विश्वकपमा इरानले अहिलेसम्म दुई खेल जितेको छ । 

सन् १९६६ को विश्वकप फुटबल जितेको इङ्ल्यान्ड त्यसपछिका संस्करणमा अभागी सावित बन्दै आएको छ । त्यसैले आजको खेलमा इङ्ग्ल्यान्ड इरानमाथि सहज जित निकाल्दै विश्वकपको सुखद सुरुवात गर्ने चाहन्छ । यता एीसयाली टोली इरान इङ्ग्ल्यान्डलाई स्तब्ध पार्दै विश्वकपमा आफ्नो उपस्थिति बलियो बनाउने दाउमा छ । 


आजै राति समूह ‘बी’ को अर्को खेलमा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । राति १२ः४५ बजे सुरु हुने खेलमा वेल्स अमेरिकालाई पन्छाउने तयारी गर्दैछ । पछिल्लो पटक २०१४ को विश्वकप खेलेको अमेरिका अहिले टोलीमा युवा खेलाडीलाई समावेश गरेर विश्वकपमा बलियो छाप छाड्ने योजनामा छ ।

यता सन् १९५८ पछि पहिलो पटक विश्वकप यात्रामा निस्किएको वेल्स पनि अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा छ । वेल्सले त्यतिबेला क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो । अनुभवी स्ट्राइकर ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्समा युवा खेलाडीको बाहुल्य छ । त्यसैले अमेरिका र वेल्सबीचको भिडन्त रोचक हुने अनुमान छ । एजेन्सी