• २२ वैशाख २०८१, शनिबार

इक्वेडरको सुखद सुरुवात

blog

कतारविरुद्ध पेनाल्टी गोल गर्दै इक्वेडरका कप्तान एनर भ्यालेन्सिया । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ४ गते । इक्वेडरले फिफा विश्वकप फटबलमा सुखद सुरुवात गरेको छ । कतारको अल बायट स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० गोलले हरायो ।

इक्वेडरको जितमा दुवै गोल कप्तान इनर भ्यालेन्सियाले गर्नुभयो । इक्वेडरले पहिलो हाफमै दुई गोल गरेको हो । भ्यालेन्सियाले १६औं मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोल्नुभएको थियो ।


कतारका गोलरक्षक साद अलसिबले डिबक्सभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टीको अवसर पाएको थियो । यसअघि खेलको तेस्रो मिनेटमै भ्यालेन्सियाको हे गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता दिएनन् ।

३१अ‍ौं मिनेटमा भ्यालेन्सियाले अग्रता दोब्बर बनायो । भ्यालेन्सियाले एन्जेलो प्रेसियाडोको पामा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । कतारले पहिलो हाफको इन्जुरी समयमा गोलको राम्रो मौका गुमाएको थियो ।

अल्मोएज अलीको हेड प्रहार पोस्टबाहिर परेको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा इक्वेडर विजयी भयो । घरेलु मैदानमा उद्घाटन खेल जत्ने कतारको सपना साकार हुन सकेन ।

कतार विश्वकपको उद्घाटन खेलमा हार खेप्ने पहिलो देश समेत बनेको छ । पहिलो हारले कतारको समूह चरण पार गर्ने लक्ष्यलाई समेत कठिन बनाएको छ ।

समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् । कतारले अब दोस्रो खेल मंसिर ९ गते सेनेगलसँग खेल्नेछ । इक्वेडरले ९ गते नै नेदरल्यान्ड्सको सामना गर्नेछ । एजेन्सी