• १३ साउन २०८१, आइतबार

चुनावी प्रतिबद्धता

अस्पताल निर्माण र भौतिक पूर्वाधारमा जोड

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, कात्तिक ३० गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन् । मतदाता रिझाउन उम्मेदवारहरूले विकासका आश्वासन बाँडेर मत मागिरहेका छन् । अहिले राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलो अभियान, आम सभालगायतका चुनावी प्रचारप्रसारमा आफ्ना एजेन्डा लिएर घुमिरहेका छन् । कर्णाली प्रदेशका ग्रामीण भेगका नागरिकले आधारभूत स्वास्थ्य सुविधासमेत पाउन सकेका छैनन् । भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकता दिएका दल तथा राजनीतिक दलहरूले ल्याएका प्रतिबद्धतापत्रमा स्वास्थ्यका क्षेत्रका मुद्दालाई पनि समेटिएको छ ।

रुकुमपश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका जनार्दन शर्माले आफ्नो प्रतिबद्धतापत्रमा गाउँघर क्लिनिकदेखि पालिकामा अस्पताल, मेडिकल कलेज स्थापना, गुणस्तरीय स्वास्थ्य सेवा दिने उल्लेख गर्नुभएको छ । स्वस्थ जीवनका लागि योग र ध्यान तथा युवाका लागि खेलकुद अभियान सञ्चालन गर्ने उहाँले आफ्नो प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ ।  

जाजरकोटबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका  माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले जाजरकोटको खलङ्गामा ५० शय्याको अस्पताल निर्माण र प्रत्येक पालिकामा पाँचदेखि १५ शøयाको अस्पताल निर्माण गर्ने, प्रत्येक वडामा सामुदायिक स्वास्थ्य एकाइको स्थापना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गर्नुभएको छ ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएको छ । उहाँसहित प्रदेश सभातर्फ माओवादीका दुर्गबहादुर रावत र कांग्रेसका हिक्मतबहादुर विष्ट प्रतिस्पर्धामा हुनुहुन्छ । यहाँ  गठबन्धनका उम्मेदवारले सार्वजनिक गरेको साझा प्रतिबद्धतापत्रमा स्वास्थ्य बीमा र सबैका लागि आधारभूत निःशुल्क स्वास्थ्य सेवा, एक निर्वाचन क्षेत्र एक टेमिलेडिसिन सेवा, विशेषज्ञ सेवासहित प्रत्येक पालिकामा १५ शøयाको अस्पताल, प्रत्येक वडामा प्रसूति गृहसहितको प्राथमिक स्वास्थ्य चौकी, रास्कोटमा ५० शøयाको अस्पताल निर्माणलाई समेटिएको छ । 

सुर्खेत क्षेत्र नं. २ प्रदेश सभा (क)का उम्मेदवार यामलाल कँडेलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरी सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण, समयमै सम्पन्न गर्न पहल गर्ने, सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधायुक्त गराइने उल्लेख गर्नुभएको छ ।

दैलेख क्षेत्र नं. २ प्रदेश सभा (क)का स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालले विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने, मानसिक स्वास्थ्यलगायतका समस्याहरू, स्वास्थ्य चौकीहरूको स्तरोन्नति गर्ने उल्लेख गर्नुभएको छ ।  सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार  एमालेका अमृत बीसीले प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने, सबै स्थानीय तहमा १५ देखि २५ शøयाको अस्पताल निर्माण गर्ने, स्वास्थ्य चौकी नभएका वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने, ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख गर्नुभएको छ । यस्तै सुर्खेत क्षेत्र नं. १ प्रदेश सभा (ख)का उम्मेदवार दण्डीप्रसाद शर्माले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, स्वास्थ्य सेवालाई पहुँचयुक्त र सर्वसुलभ गराउन प्रत्येक स्वास्थ्य संस्थामा एम्बुलेन्स सेवा र आधारभूत प्रयोगशाला सेवा सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ । क्षेत्र नं. १ प्रदेश सभा (ख)का उम्मेदवार कृष्णबहादुर जिसीले सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा प्रत्येक पालिकामा १५ शøयाका अस्पताल निर्माण गर्ने, स्वास्थ्य संस्था स्तरोन्नति गर्ने, हरेक पालिकामा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्ने, निःशुल्क औषधिहरू सहज रूपमा पाउने गरी आपूर्ति गर्नेलगायतका विषय समेटिएका छन् ।