• १३ असोज २०८१, आइतबार

नवौँ राष्ट्रिय खेलकुदमा ललितपुरका पदक विजेता खेलाडी सम्मानित

blog

सम्मानित भएपछि ललितपुरका खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक २८ गते । ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता जिल्लावासी खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

समितिले असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको राष्ट्रिय खेलकुदमा ललितपुरबाट सहभागीमध्ये ७३ पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको हो । समितिले स्वर्ण विजेतालाई जनही पाँच हजार, रजत विजेतालाई तीन हजार र कांस्य विजेता खेलाडीलाई दुई हजार रुपियाँसहित सम्मान पत्रबाट सम्मान गरेको हो ।

खेलाडीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्य, नेपाल कांग्रेसका तर्फबाट ललितपुर क्षेत्र नं २ को प्रदेश सभा (ख) का उम्मेदवार रामकृष्ण ताम्राकार, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन लगायतले सम्मान गर्नुभयो ।