• १० मंसिर २०८१, सोमबार

ठगी आरोपमा दुई जना पक्राउ

blog

साङ्केतिक तस्बिर

काठमाडौं, कात्तिक २१ गते । काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कमा डलर साट्ने बहानामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार वैदेशिक रोजगारीको सिलसिलामा ओमनबाट काठमाडौं आएका व्यक्तिलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मी ईस्मा गाउँपालिका–६ घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने ३३ वर्षीय प्रदीप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दीपक कुमाल  छन् ।

उनीहरूको साथबाट पैसाको आकारमा रहेका कागजको बिटो तथा नेपाली १२ हजार रुपियाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।