• २३ असोज २०८१, बुधबार

गीत

blog

यो देशको हावा, यो देशको पानी

मिश्रण हो हाम्रो यो जिन्दगानी 

मरेपछि झनि म काम लागूँ

गाड्नु मलाई यही माटोमुनि ।


आयुमा बाँच्नु छैन मलाई 

स्वाधीनता होस् मेरो कमाई

म टेक्न दिन्छु हातको ठेला

देशले पाओस् नयाँ उचाइ ।


खियाउँ नङ्ग्रा, काँडा हटाऊँ

इमान हिँड्ने बाटो बनाऊँ

टीको लगाउँ यही माटो मुछी

विभेद जे छन् सारा हटाऊँ ।