• १२ साउन २०८१, शनिबार

प्रहरी हिरासतको अनुगमन

blog

जिल्ला प्रहरी कार्यालयको हिरासत अनुगमन गर्दै महान्यायधिवक्ता कार्यालयको टोली।

राधा लुइटेल 

फिदिम, १८ कात्तिक । महान्यायाधिवक्ताकाे कार्यालयबाट आएको टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासत र अपराध अनुसन्धान कक्ष अनुगमन गरेको छ।

शुक्रबार सहन्यायाधीवक्ता शम्भु कार्की र उपसहन्याधिवक्ता सविता सर्माको टोलीले हिरासत र अपराध अनुसन्धान कक्षको अनुगमन गरेको हो।

अनुगमनका क्रममा हिरासत राखिएका थुनुवाको मानवअधिकार अवस्था, प्रहरीले गर्ने व्यवहार, खाने बस्ने व्यवस्थापनसहित आधारभूत आवश्यकताको निरीक्षण निरीक्षण गरेको हो। 

हिरासतको अवस्था सन्तोषजनक पाइएको सहन्यायधिवक्ता कार्कीले जानकारी दिनुभयो। अनुगमन र निरीक्षण पश्चात् अपराध अनुसन्धान र जिल्लामा शान्ति सुरक्षाको अवस्था विषयमा अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयो।