• १९ असार २०८१, बुधबार

बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

blog

ठोक्किएको बस र मोटरसाइकल । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, कात्तिक १८ गते । पाल्पाको तिनाउ –३, झुम्सामा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजेतिर स्याङ्जाबाट बुटवलतर्फ जाँदैगरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकल र बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख २४९ नम्बरको बस एकापसमा ठोक्किएको थियो । 

घटनामा मोटरसाइकल चालक स्याङ्जा चापकोट –५ का ४१ वर्षीय मोहनप्रसाद पाण्डेयको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।