• २२ असार २०८१, शनिबार

नाट्य महोत्सवको सूची सार्वजनिक

blog

काठमाडौँ, कात्तिक १८ गते । सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव, दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)मा विश्वभरिबाट छनोट भएका नाटकहरूको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ। मञ्चन तालिकाअनुसार २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन सो हुनेछन्। आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरिबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्।

नाटकको सूची र मञ्चन तालिका सार्वजनिक भएसँगै निटफेस्ट दोस्रो संस्करणको महोत्सव निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष रङ्गकर्मी सिर्जना सुब्बाले नाटकहरूको उत्सव नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई कलाप्रेमीले आफ्नो समयको महोत्सव बनाउनुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विभिन्न देशका कला, संस्कृति, राजनीतिक–सामाजिक परिवेश र वस्तुस्थिति तथा भावना र संवेगको समग्रता यो महोत्सव रहेको उल्लेख गर्दै यसलाई साथ, समर्थन र सहयोगको आह्वान गर्नुभएको छ।