• १३ असोज २०८१, आइतबार

साफ यू–१५ महिला च्याम्पियनसिप : भुटानमाथि नेपालको सानदार जित

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र भुटानका खेलाडी । तस्बिर : एनएसजेएफ

काठमाडौं, कात्तिक १७ गते । नेपालले बङ्गलादेशको ढाकामा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि सानदार जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हरायो । 

नेपालको जितमा वर्षा ओलीले चार गोल गर्नुभयो । सुक्रिया मियाले दुई तथा सेनु परियारले एक एक गोल गर्नुभयो । १० खेलाडीमा समेटिएको भुटानमाथि नेपालले पहिलो हाफमै चार गोल गरेको थियो । नेपालका लागि वर्षाले खेलको पहिलो मिनेटमै गोलको खाता खोल्नुभएको थियो ।

वर्षाले १७औँ र ३४औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो । उहाँले ३५औँ मिनेटमा चौथो गोल गर्नुभयो । सुक्रियाले ६५औँ र ७२औँ तथा सेनुले ८५औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि ६७औँ मिनेटमा भुटान १० खेलाडीमा समेटियो ।

भुटानकी गोलरक्षक दिक्षिता राई रातो कार्ड पाउँदै बाहिरिनुभयो । डीबक्स बाहिर आएर बल समाएपछि उहाँले रातो कार्ड पाउनुभएको हो । तीन टोली सहभागी प्रतियोगितामा पहिलो जितसँगै तीन अङ्क बनाएको नेपाल दोस्रो स्थानमा छ ।

समान तीन अङ्क बनाएको आयोजक बङ्गलादेश गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । बङ्गलादेशले भुटानलाई ८–० गोलले हराएको थियो । भुटानले भने लगातार दोस्रो हार खेपेको छ । डवल राउण्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्नेछ ।