• १० मंसिर २०८१, सोमबार

फिफा विश्वकपका लागि जापानी टोलीको घोषणा

blog

जापानको फुटबल टोली । तस्बिर : क्योडो न्युज

काठमाडौं, कात्तिक १७ गते । कतारमा नोभेम्बर २० तारिखदेखि सुरु हुने फिफा विश्वकपका लागि एसियाली देश जापानले खेलाडी टोलीको घोषणा गरेको छ । प्रशिक्षक हाजिमे मोरियासुले विश्वकपका लागि २६ सदस्यीय खेलाडी टोलीको घोषणा गर्नुभएको हो । 

समूह ‘ई’ मा रहेको जापानले नोभेम्बर २३ तारिख जर्मनीसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ । जापान, स्पेनसहित कोस्टारिका र जर्मनी रहेकाको यस समूहमा जापानले कोस्टारिकासँग नोभेम्बर २७ र स्पेनसँग डिसेम्बर १ तारिख खेल्नेछ । जापानले नोभेम्बर १० तारिखदेखि बन्द प्रशिक्षक सुरु गर्ने जनाएको छ । विश्वकपअघि जापानले क्यानडासँग मैत्रीपूर्ण खेल खेल्ने तयारी पनि गरेको छ । 

जापानी टोलीको गोलरक्षकमा इजी कावासीमा, सुइची गोन्डा र डानियल स्मिड्ट, रक्षकमा मिकी यामाने, हिरोकी साकाई, माया योसिदा, ताकेहिरो तोमियसु, सोगो तानिगुची, को इताकुरा, हिरोकी इटो, युटो नागातोमो र युटा नाकायामा हुनुहुन्छ । 

यसैगरी मिडफिल्डरहरुमा वातारु इन्डो, हिदेमासा मोरिता, एओ तानाका, गाकु सिबासाकी, काओरु मितोमा, दाइची कामदा, रित्सु डोआन, जुनाया इतो, ताकुमी मिनामिनो, ताकेफुसा कुबो र युकी सोमा तथा स्टाईकरहरुमा दाइजेन मायदा, आएसे उएदा र ताकुमा एसानो हुनुहुन्छ । एजेन्सी