• १३ असोज २०८१, आइतबार

पीएसजी समूह उपविजेता बन्दै नकआउट चरणमा

blog

युभेन्ट्सविरुद्ध गोल गरेपछि पीएसजीका केलियन एमबाप्पे । तस्बिर : एएफपी

काठमाडौं, मात्तिक १७ गते । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियनसिप लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा पीएसजीले इटालियन प्रतिद्वन्द्वी युभेन्ट्सलाई २–१ गोलले हरायो । 

पीएसजीको जितमा केलियन एमबाप्पे र नुनो मेन्डेसले गोल गर्नुभयो । युभेन्ट्सका लियो नार्दो बोनुचीले एक गोल फर्काउनुभयो । एमबाप्पेले १३औँ मिनेटमा खाता खोल्नुभएको थियो । बोनुचीले ३९औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ६९औँ मिनेटमा मेन्डेसले गोल गर्दै पीएसजीलाई जिताउनुभयो । 

जितसँगै ६ खेलबाट १४ अङ्क बनाएको पीएसजी समूह उपविजेता बन्यो । समान १४ अङ्क बनाएको बेन्फिका शीर्षस्थानमा रह्यो । पराजित युभेन्ट्स तीन अङ्कसहित तेस्रो स्थानमा रह्यो । युभेन्ट्सले युरोपा लिगमा स्थान बनाएको छ । बुधबार राति नै भएको खेलमा बेन्फिकाले माकाबी हाइफालाई ६–१ गोलले हरायो । तीन अङ्क बनाएको पराजित माकाबी समूहको अन्तिममा रह्यो । 

यसैगरी समूह ‘ई’ को खेलमा चेल्सीले डी जाग्रेबलाई २–१ र एसी मिसलानले साल्जबर्गलाई ४–० गोलले हराएको छ । चेल्सी समूह विजेता र एसी मिलान समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । 

समूह ‘जी’ को खेलमा म्यानचेस्टर सिटीले सेभियालाई ३–१ गोलले हराएको छ । यही समूहको अर्को खेलमा डर्टमन्ड र एफसी कोपनहेगनले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । यस समूहबाट चेल्सी विजेता र मिलान उपविजेता बनेको छ । 

समूह ‘एफ’ मा रियल म्याड्रिडले सेल्टिकलाई ५–१ गोलले हराएको छ । आरबी लेईपजिगले साख्तर डोनेक्सलाई ४–० गोलले हराएको छ । समूह विजेता बन्दै नकआउट चरणमा पुगेको रियलले ६ खेलबाट १३ र उपविजेता लेईपजिगले १२ अङ्क बनाएको छ । एजेन्सी