• १३ असोज २०८१, आइतबार

बंगलादेशको विजयी सुरुवात

blog

काठमाडौं, कात्तिक १५ गते । आयोजक बङ्गलादेशले साफ यु–१५ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई ८–० गोलले हरायो ।

च्याम्पियनसिपमा बङ्गलादेशसँगै भुटान र नेपालको सहभागिता रहेको छ । नेपालले आफ्नो पहिलो खेल बिहीबार भुटानसँग खेल्नेछ । नेपालले दोस्रो खेल कात्तिक १९ गते आयोजक बङ्गलादेशसँग, तेस्रो खेल फेरि कात्तिक २३ गते भुटानसँग र अन्तिम खेल कात्तिक २५ गते बङ्गलादेशसँग खेल्नेछ ।

डबल राउन्ड रोविनका आधारमा सञ्चालन हुने च्याम्पियनसिपमा शीर्ष टोलीले उपाधि जित्नेछ ।