• १० मंसिर २०८१, सोमबार

बराबरीमा रोकियो रियल म्याड्रिड

blog

ला लिगामा प्रतिस्पर्धा गर्दै रियल म्याड्रिड र गिरोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक १४ गते । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी गिरोनासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियलले गिरोनासँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

रियलले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो । रियलका लागि ७०औँ मिनेटमा भिनीसियस जुनियरले सुरुवाती गोल गर्नुभएको थियो । ८०औँ मिनेटमा गिरोनाका  क्रिस्टियन स्टुआनीले गोल गदैँ खेललाई बराबरीमा ल्याउनुभयो ।

खेलको इन्जुरी समयमा टोनी क्रुजले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि रियले १० खेलाडीमा खेल सकेको थियो । बराबरीमा रोकिएपनि रियल शीर्षस्थानमा उक्लिएको छ । रियलले १२ खेलबाट ३२ अङ्क बनाएको छ । १० अङ्क बनाएको गिरोना १६औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३१ अङ्क छ ।

आइतबार राति नै भएको अन्य खेलमा रियल बेटिसले रियल सोसियडाडलाई २–०, एथलेटिक्स बिल्बाओले भिल्लारियललाई १–० र ओसासुनाले रियल भालाडोलिडलाई २–० गोलले पराजित गरेको छ । एजेन्सी