• ४ जेठ २०८१, शुक्रबार

नवलपुरकाे बुलिङटारमा बस दुर्घटना ५ जनाको मृत्यु , २५ घाइते

blog

चितवन, कात्तिक १३ गते  । पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउँदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटना परि २५ जना घाइते भएका छन् ।

मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन जना महिला र दुई जना पुरुष रहेको प्रहरीले जनाएको छ । 

बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ । घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ । 

Author

शालिग्राम नेपाल