• ५ जेठ २०८१, शनिबार

सञ्चारमन्त्री कार्कीबाट भाइटीका ग्रहण

blog

काठमाडौं, कात्तिक १० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बहिनीको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । सञ्चारमन्त्री कार्कीले ललितपुरको भैँसेपाटीस्थित बहिनी तारा थापाको निवासमा शुभसाइतमा टीका ग्रहण गर्नुभएको हो । सञ्चारमन्त्री कार्कीसहित तीन दाजुभाइले टीका ग्रहण गर्नुभएको सञ्चारमन्त्रीका स्वकीय सचिव रामजी थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार सञ्चारमन्त्री कार्कीसहित भाइ देवेन्द्र कार्की र डा. मृगेन्द्र कार्कीले पनि टीका ग्रहण गर्नुभएको हो । टीका लगाइदिएपछि बहिनीहरूले सञ्चारमन्त्रीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर आदरभाव प्रस्तुत गर्नुभयो । सो अवसरमा सञ्चारमन्त्री कार्कीले बहिनीलाई दक्षिणा तथा स्नेहोपहार प्रदान गर्नुभयो ।