• १ जेठ २०८१, मङ्गलबार

शीर्षटोली आर्सनल बराबरीमा रोकियो

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै आर्सनल र साउथह्याम्पटनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक ७ गते । शीर्षटोली आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलमा तुलनात्मक रूपमा कमजोर टोली साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल साउथह्याम्पटनसँग उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता आर्सनलले लिएको थियो । ११औँ मिनेटमा ग्रेनाइट जाकाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाउनुभयो । स्टुअर्ट आर्मस्ट्रोङले ६५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । बराबरी खेलेपछि आर्सनल शीर्षस्थानमा यथावत् छ ।

११ खेल सकेको आर्सनलको २८ अङ्क छ । पराजित साउथह्याम्पटन १२ अङ्कसहित १५औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २६ अङ्क छ । अर्को खेलमा टोट्टनहामलाई न्युक्यासल युनाइटेडको नमिठो झट्का लागेको छ । टोट्टनहाम न्युक्यासलसँग २–१ गोलले पराजित भएको हो । एजेन्सी