• २० असोज २०८१, आइतबार

घट्यो सुनको मूल्य : चाँदीको स्थिर

blog

काठमाडौँ,  कात्तिक ४ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु छ सयले घटेर रु ९२ हजार पाँच सय तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार छ सय थियो ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार एक सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।