• १३ साउन २०८१, आइतबार

परिवर्तनकारी शक्तिलाई मतदान गर्न अपिल

blog

नविन सुवेदी

सुर्खेत, कात्तिक १ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकका लोकतान्त्रिक अधिकार स्थापित गर्न गठबन्धन दल जित्न आवश्यक रहेको बताउनुभएको छ ।

चुनावी कार्यक्रमलाई आज मंगलबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता खड्काले मुलुकको परिवर्तनका लागि परिवर्तनकारी शक्तिलाई मतदान गर्न आव्हान गर्नुभयो । प्रदेश र केन्द्र सरकार वाम लोकतान्त्रिक गठबन्धनको बनेपछि मात्रै कर्णालीको प्रचुर सम्भावना अवसरमा बदल्न सकिने बताउनुभयो । 

जिल्लामा आफूहरूले सुरु गरेका विकास निर्माणका काम पूरा गर्न र कृषि रोजगार, शिक्षा स्वास्थ्यमा सबै नागरिकको पहुँच बनाउन आफ्नो ध्यान केन्द्रित हुने समेत उहाँले चर्चा गर्नुभयो । 

कर्णालीबाट राष्ट्रिय राजनीतिमा सधैँ मैले समन्वयकारी भूमिका निर्वाह गरेको छु । अब देशको भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न समन्वयकारीसँगै हस्तक्षेपकारी भूमिका खेल्नेछु उहाँले भन्नुभयो । 

सुर्खेतसहित कर्णालीका हरेक समस्याको समाधानका लागि आफूलाई समृद्ध र सुशासनयुक्त समाज निर्माण गर्ने अभियानमा लागेको बताउनुभयो । खड्काले स्थिरताका पक्षमा सडकदेखि सदनसम्म आवाज बुलन्द गर्ने र भ्रष्टाचारमुक्त, सुशासनयुक्त देश निर्माणका लागि सत्ता गठबन्धन बनेको बताउनुभयो ।