• १३ साउन २०८१, आइतबार

अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु

blog

सल्यान, कात्तिक १ गते । अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया  शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् ।

यो पनि पढ्नुहोस

ओलीसँग चौबीस जनाको प्रतिस्पर्धा

सोमबार बेलुका धान काटेर घर फर्कने क्रममा उनीहरूलाई अरिङ्गालले टोकेपछि उपचारका लागि श्रीनगर स्थित परोपकार अस्पतालमा उपचारपछि मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले गम्भीर घाइते शोभाको भने कोहलपुर मेडिकल कलेजमा डाक्टरले मृत घोषणा गरेको बत्ताउनुभयो । 

यो पनि पढ्नुहोस

मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

यस्तै अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका नवीन बस्नेतको भने श्रीनगरमा रहेको परोपकार अस्पतालमा उपचार भई रहको प्रहरीको भनाई छ । 

यो पनि पढ्नुहोस

खाद्य सुरक्षाका लागि थप लगानी गर्न आग्रह

यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस

प्युठानमा दुर्गालाई सूर्यको चुनौती

Author

प्रतीक शर्मा