• २० असोज २०८१, आइतबार

इन्धनको मूल्य यथावत्

blog

काठमाडौँ, असोज ३१ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि तत्कालका लागि यथावत् राखिने बताएको छ । इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढेको निगमले  जनाएको छ । 

यो पनि पढ्नुहोस

पहाडलाई बनाऊँ भरिलो

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक रुपियाँ ७४ पैसा, डिजेल १५ रुपियाँ ६० पैसा र हवाई इन्धन १० रुपियाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ । डलरको मूल्य वृद्धि भएको र तेल उत्पादक कम्पनी ओपेकले उत्पादन कटौती गरेकाले मूल्य बढेर आएको निगमको भनाइ छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । यसअघि तीन पटक मूूल्य घटेर आए पनि निगमले घाटा देखाएर मूल्य घटाएको थिएन ।

यो पनि पढ्नुहोस

उम्मेदवारमा मुगा गाउँकै वर्चस्व