• २२ वैशाख २०८१, शनिबार

बुद्धिचालमा आशिषको एकल अग्रता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा एनआरएनका आशिष फुयाँलले एकल अग्रता कायम गर्नुभएको छ ।

क्लासिकल इभेन्टको पाँचौं चरण सकिँदा आशिषले चार जित र एक बराबरीमा खेल्नुभएको छ । आशिषले पाँचौं चरणमा नेपाल पुलिस क्लबका क्षतिज भण्डारीसँग बराबरीमा खेल्नुभयो । 

आशिषले पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुवीर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गर्नुभएको हो ।

पुलिस क्लबका क्षितिज र आर्मीका रुपेश चार–चार खेल जितेर आशिषलाई पछ्याइरहनुभएको छ ।