• १३ असोज २०८१, आइतबार

सेवाग्राहीलाई निःशुल्क पेय सुविधा

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असोज २७ गते । सिन्धुली जिल्लाका दुईवटा स्थानीय तहले नागरिकमैत्री सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन नयाँ कार्य सुरु गरेका छन्। जिल्लाका मरिण गाउँपालिका र दुधौली नगरपालिकाले कार्यालयभित्रै सेवाग्राहीलाई चिया, पानी र सर्वत उपलब्ध गराएर सहज सेवा प्रवाह गर्न सुरु गरेका हुन्। मरिण गाउँपालिकाले कार्यालयमा प्रवेश गर्ने मूल गेटअगाडि सेवाग्राही सहायता कक्ष स्थापना गरी सर्वत र चिया व्यवस्था गरेको छ। 

सेवाग्राहीले इच्छाअनुसार भाडामा राखिएको सर्वत र चिया पिउन सक्ने गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले बताउनुभयो। जिल्लामै पहिलो पटक मरिण गाउँपालिकाले भदौ अन्तिमबाट नयाँ कार्य थालनी गरेको उहाँको भनाइ छ। सेवाग्राहीलाई बिनासास्ती र झन्झट सेवा प्रदान गर्न सेवाग्राही सहायता कक्ष स्थापना गरिएको छ। 

त्यस्तै दुधौली नगरपालिकाको कार्यालयमा पिउने पानी र चियाको व्यवस्था मिलाइएको छ। नगरप्रमुख दिनेश अधिकारी दनुवारका अनुसार कार्यालयमा थकित भएर आउने सेवाग्राहीले पानीसमेत किनेर खानुपर्ने बाध्यता थियो। अहिले शुद्ध पिउने पानी मात्र होइन, चियाको समेत व्यवस्था गरिएको छ। समयमा सेवाग्राहीको मिल्नेसम्म सम्पूर्ण कागजात मिलाएर सम्बन्धित कामका लागि शाखा पु¥याएर छिटोछरितो रूपमा सेवा प्रदान गर्न थालिएको दनुवारले बताउनुभयो।