• ११ मंसिर २०८१, मङ्गलबार

दाङ ३ मा गठबन्धनबाट गिरी र एमालेबाट वलीको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले महासचिव शंकर पोख्रेल, उम्मेदवार कोमल वलीसहितका उम्मेदवार । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, असोज २३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले सत्तारूढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । गिरीले निर्वाचन अधिकृतको कार्यालयले दिएको समयमै कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । 

यस्तै, गठबन्धनका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर ३ (क) मा लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा विकासमन्त्री कांग्रेसका डिल्लीबहादुर चौधरी र ३ (ख) मा नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की (राजेश) ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी नेकपा (एमाले) बाट क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि गायिका कोमल वलीले उम्मेदवारी दर्ता गराउनुभएको छ । वलीले क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभयो । एमालेबाट क्षेत्र नं. ३ ‘१’ मा घनश्याम पाण्डेय र २ ‘२’ मा हुकुम बस्नेतले उम्मेदवारी दर्ता गराउनुभयो ।  

क्षेत्र नं. ३ मा २०७४ सालको निर्वाचनमा तत्कालीन एमाले र माओवादीको गठबन्धनबाट हिराचन्द्र केसीले निर्वाचन जित्नुभएको थियो ।