• १५ चैत २०८०, बिहिबार

सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका र प्रसाद

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २० गते । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सकल दर्जाका प्रहरी कर्मचारीलाई टीका र प्रसाद प्रदान गर्नुभएको छ । दशैंको अवसरमा बिहीबार बिहान सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई उहाँले टीका लगाएर प्रसाद प्रदान गर्नुभएको हो । 

प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित प्रहरी कर्मचारीलाई सिंहले टीका तथा जमरा लगाउनुका साथै सुख, समृद्धि एवम् प्रगतिको कामना पनि गर्नुभयो । सोही अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती कुसुमलता सिंहले टीका ग्रहणका लागि उपस्थित सबैलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो ।

प्रहरी कर्मचारीलाई टीका लगाउनका लागि बिहान ९ देखि ११ बजेसम्मको समय तोकिएको थियो भने टीका ग्रहणका क्रममा शुभकामना आदान प्रदानसमेत गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।