• ८ वैशाख २०८१, शनिबार

अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी

blog

तेस्रो तथा अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै भारत र दक्षिण अफ्रिकाका खेलाडी ।

काठमाडौं, असोज १९ गते । भारतविरुद्ध टी-२० क्रिकेट सिरिजको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ ।

मंगलबार राति भएको अन्तिम खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४९ रनले हरायो । अन्तिम खेलमा पराजित भएपनि सिरिज भने घरेलु टोली भारतले २-१ ले जितेको छ । 

दक्षिण अफ्रिकाले दिएको दुई सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले १८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७८ रन मात्र बनाउन सक्यो । भारतका दिनेश कार्तिकले सर्वाधिक ४६ रन बनाउनुभयो ।

दीपक चाहरले ३१, ऋषव पन्थले २७, उमेश यादवले अविजित २० र हर्सल पटेलले १७ रन बनाउनुभयो । बलिङमा दक्षिण अफ्रिकाका ड्वाने प्रिटोरिउसले तीन विकेट लिनुभयो । यस्तै वायन प्रनिल, लुङ्गी एनजिडी र केशव महाराजले दुई दुई विकेट लिनुभयो । 

यसअघि दक्षिण अफ्रिकाका लागि रिली रस्सोले अविजित १०० रन बनाउनुभयो । क्वीन्टन डी ककले ६८, ट्रिस्टान स्टुब्सले २३ र डेभिड मिलरले अविजित १९ रन बनाउनुभयो । बलिङमा भारतका दीपक चाहर र उमेश यादवले एक एक विकेट लिनुभयो । एजेन्सी