• ८ वैशाख २०८१, शनिबार

छोराको हत्या गरी फरार रहेका बाबु पक्राउ

blog

छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारु । तस्बिर : जिल्ला प्रहरी कार्यालय बर्दिया

बर्दिया, असोज १४ गते । छोराको हत्या गरी फरार रहेका बर्दिया बारबर्दिया नगरपालिका–११ विजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान करिब साढे १० बजे गुलरिया नगरपालिका–११ इन्द्रपुरस्थित गाउँबाट थारुलाई पक्राउ गरेको हो ।

यही असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी घाइते बनाएका थिए ।

प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार बियरको बोतलको प्रहारबाट गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि आफन्तले अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका लौरंगलाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिनुभयो ।