• १६ चैत २०८०, शुक्रबार

तोकिएको भन्दा बढी भाडा लिने १६ जना पक्राउ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १२ गते । यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ट्राफिक प्रहरीले काठमाडौंको कोटेश्वर र नयाँ बसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट आठ जना र नयाँबसपार्कबाट आठ जनालाई पक्राउ गरेको ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्वको समयमा यात्रुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिबिधि गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सबै जनालाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ, भने आवश्यक अनुसन्धान भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।