• १६ चैत २०८०, शुक्रबार

नवौं खेलकुदको उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीले गर्ने

blog

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि औचारिक निम्तो प्रदान गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलगायत । तस्बिर : युवा तथा खेलकुद मन्त्रालय

काठमाडौं, असोज १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुने भएको छ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्विकार गर्नुभएको हो ।

मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुग्नुभएका मन्त्री अथकले राष्ट्रपति भण्डारीलाई औपचारीक निमन्त्रण पत्र समेत प्रदान गर्नुभएको छ । 

असोज २८ गतेदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भईसकेको छ । यस्तै कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौंको राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभएको छ । 

प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन । प्रतियोगिताकालागि सोमबारसम्म करिव ५५ सय खेलाडीहरुको नाम दर्ता भईसकेको राखेपले जनाएको छ ।