काठमाडौं, असोज १० गते । नेपालका सन्जिव तामाङ र सन्जितकुमार राईले डब्लुएमएसी वल्र्ड मार्सल आर्ट्स गेम्समा दोहोरो पदक जित्नुभएको छ ।
स्लोभेनियमा सेप्टेम्बर २३ देखि २५ तारिखसम्म भएको प्रतियोगिताको पुरुष १८ वर्षमाथि चाइनिज फम्समा ८.३ अंक जोड्दै सन्जिव पहिलो भएको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिनुभयो ।
प्रतियोगितामा पोल्यान्ड दोस्रो तथा जर्मनी तेस्रो भयो । सन्जिवले लाइट कन्ट्याक्ट पुरुष ६५ केजीमुनि चेक रिपब्लिकका खेलाडीलाई हराउदै कांस्य जित्नुभयो ।
यस्तै भेट्रान पुरुष ३५ वर्षमाथि सन्जितले चाइनिज क्रिएटिभमा ९.२ अंक हासिल गर्दै स्वर्ण जित्नुभयो । ट्रेडिसनल फम्समा सन्जितले थप एक कांस्य हात पार्नुभएको छ ।