• १३ साउन २०८१, आइतबार

एकै पटक तीन बच्चा

blog

बाबुराम शर्मा 

चरीकोट, असोज १० गते । दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा एक महिलाले एकै पटकमा तीन शिशुलाई जन्म दिनुभएको छ। 

जिरी नगरपालिका–३ निवासी कविता खड्का घिमिरेले शल्यक्रियामार्फत तीन शिशुलाई जन्म दिनुभएको पशुपति चौलागार्इं स्मृति अस्पतालका डा। विनोद दङ्गालले जानकारी दिनुभयो। 

सुत्केरी बेथा लागेपछि अस्पताल भर्ना हुनुभएकी घिमिरेको जाँच गर्ने क्रममा पेटमा एउटा मृत बच्चासहित तीनवटा बच्चा देखिएपछि डा। दङ्गालको नेतृत्वमा शल्यक्रियामार्फत तीनवटा बच्चा निकालिएको हो। 

दोलखा जिल्लामै तिम्ल्याहा बच्चा जन्मिएको यो नै पहिलो घटना रहेको डा। दङ्गालको भनाइ छ। उहाँले भन्नुभयो, तीनवटै बच्चा छोरा हुन्। पेटमा रहेका दुईवटा बच्चा उल्टो र एउटा मात्र सुल्टो अवस्थामा रहनु र त्यसमध्ये एउटा बच्चा मृत भेटिएपछि शल्यक्रिया गर्नुपर्ने बाध्यात्मक अवस्था भएको हो। 

शल्यक्रिया टिममा अस्पताल प्रमुख बालरोग विशेषज्ञ डा। सञ्जय उलक, डा। रश्मि दाहाल, डा। सुनील मोक्तान, डा। राजेश घिमिरे, शल्यक्रिया नर्स फेसी जिरेल रहनुभएको अस्पतालले जनाएको छ। 

शल्यक्रियापश्चात् आमा र जीवित दुई बच्चाको स्वास्थ्य अवस्था सामान्य भएपछि आइतबार घर पठाइएको छ। सुत्केरी बेथा लागेपछि जिरी अस्पताल पुग्नुभएकी खड्का सो अस्पतालमा प्रसूति सेवा र शल्यक्रिया नहुने भएपछि चरीकोट आउनुभएको थियो। हाल बच्चा र आमा तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। घिमिरेको पहिलो सन्तान पाँच वर्षीया छोरी छन्।