• १३ साउन २०८१, आइतबार

ह्युमपाइप राखेर काम चलाइने

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, असोज १० गते । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा वर्षाको बाढीले पुल बगाएपछि सोही स्थानमा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिने भएको छ। मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले चाडपर्व नजिकिएपछि आउजाउ गर्न सहजताका लागि नदीमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। अहिले ह्युमपाइप राख्ने काम भइरहेको छ। 

त्यसैगरी इन्द्रावती नदीमा पनि ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गर्ने उहाँले बताउनुभयो  । ह्युमपाइप राखेर सडक सञ्चालन भएपछि दुवाचौर, केउरनी, बरुवा, सेर्माथान आउजाउमा सहज हुने र मेलम्ची तिपेनी भोताङका साथै सदरमुकाम पुग्ने चौतारा नवलपुर सडकमा सहजै आवागमन गर्न सकिने प्रमुख तामाङले बताउनुभयो।