• १२ असार २०८१, बुधबार

घिमिरे र थापालाई नवदुर्गा सम्मान

blog

काठमाडौँ, असोज ९ गते । तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९ बाट भारती घिमिरे, सुहाना थापालाई सम्मान गरेको छ । रेजिना इन्टर्टेन्मेट प्रा. लि. र सहिद फिल्मस प्रा. लि.को संयुक्त रूपमा आयोजना गरेको यो तेस्रो राष्ट्रिय नवदुर्गा सम्मानबाट उहाँहरू सम्मानित हुनु भएको हो । 

प्रत्येक वर्ष हुँदै आएको राष्ट्रिय नवदुर्गा सम्मान यो वर्ष असोज १० गते सोमबार घटस्थापनाको दिन आयोजना हुँदै आएको छ । कार्यक्रममा नौ जना अभिनेत्रीहरूबाट अभिनय भएको नौ वटा गीतमा सांस्कृतिक प्रस्तुति समेत हुने भएको छ । नृत्य प्रस्तुतिमा नरेश वीर सिहले निर्देशन गर्नुभएको छ ।