• ११ मंसिर २०८१, मङ्गलबार

‘छैटौँ उज्ज्वलतारा दौड’ मा डा.भगवान् कोइराला तेस्रो

blog

काठमाडौं, असोज ८ गते ।  वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइराला शनिबार काँडाघारीमा सम्पन्न ‘छैटौँ उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडमा तेस्रो हुनुभएको छ । 

उज्ज्वलतारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दूरीको दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिस्पर्धी समेत रहनुभएका डा। कोइराला ५५ वर्षमाथि पुरुषतर्फ तेस्रो हुनुभएको हो ।

ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो हुनुभयो । यस स्पर्धामा २७ खेलाडीको सहभागिता रहेको थियो । सोही समूहको महिलातर्फ मिनाकुमारी मगर पहिलो, सावित्री रायमाझी दोस्रो र कल्पना आचार्य तेस्रो हुनुभयो ।

विजेतालाई गल्फ खेल प्रशिक्षक घनश्याम थापा, दौडका संयोजक नेपाली सेनाका महासेनानी विष्णु कार्कीलगायतले पुरस्कार प्रदान गर्नुभयो । दौडमा १८ वर्षमाथि खुला, युगल, समूह स्पर्धा पनि राखिएको थियो ।