• ७ वैशाख २०८१, शुक्रबार

जनप्रतिनिधिले नै बुझाएनन् खर्च विवरण

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असोज ८ गते । स्थानीय तह निर्वाचन २०७९ मा भएको खर्च विवरण नबुझाउनेहरूबाट जरिवानास्वरूप स्याङ्जा जिल्लामा मात्र १७ करोड ५४ लाख रुपियाँ रकम असुल हुने भएको छ। 

जिल्ला निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीका अनुसार निर्वाचन खर्च विवरण नबुझाउने विभिन्न पदका उम्मेदवारलाई प्रतिव्यक्ति ५० हजारदेखि तीन लाखसम्म रुपियाँसम्म जरिवानाको व्यवस्था गरिएको छ।  जरिवाना नतिर्नेलाई छ वर्षसम्म उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको छ। यहाँका ९१५ जना उम्मेदवारले जरिवाना तिर्नुपर्ने भएको छ। पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ स्थानीय तह रहेको स्याङ्जामा ५३८ जनाले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय जनाएको छ। खर्च विवरण नबुझाउने प्रमुख/उपप्रमुखमा गल्याङ नगरपालिकाका प्रमुख पदका उम्मेदवार घनश्याम भट्टराई, हरिप्रसाद भण्डारी, उपप्रमुख पदका उम्मेदवार देवीसरा थापा, हेमा कुमार तराङ र पूर्णकला भट्टराई, चापाकोट नगरपालिकाको प्रमुख पदका उम्मेदवार देवबहादुर खाण, राजु कोइराला रहेका छन्। त्यस्तै उप्रमुख पदका उम्मेवार इशा राना, सृष्टि मल्ल र  लीलाकुमारी आले, पुतलीबजार नगरपालिकाकी उपप्रमुख पदकी उम्मेदवार आस्था नेपाली, भीरकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार गोविन्दकुमार कर्माचार्य, नरभूपाल दमाई र उपप्रमुख पदका उम्मेदवार भगवती रेग्मी रहनुभएको छ । 

वालिङ नगरपालिकाको प्रमुख पदका उम्मेदवार नित्यानन्त तिवारी, राजेन्द्रप्रसाद गैह्रे र उपप्रमुख पदका उम्मेदवार जीनकुमार गुरुङले खर्च विवरण बुझाउनुभएको छैन। यस्तै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षका उम्मेदवार चिनमाया गुरुङ र उपाध्यक्ष पदका उम्मेदवार टङ्कप्रसाद खनाल, दुर्गाकुमारी विक, एकनारायण काफ्ले, आँधीखोला गाउँपालिकाबाट अध्यक्षका उम्मेदवार प्रेमराज पौडेल, हरिप्रसाद ढकाल र उपाध्यक्ष पदका उम्मेदवार मीनादेवी शर्मा (ढकाल) र मञ्जु गुरुङले खर्च विवरण बुझाउनुभएको छैन। 

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार विष्णुप्रसाद भट्टराई, दिलस थापा, उदय न्यौपाने, फेदीखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अर्जुन खत्री र उपाध्यक्षका उम्मेदवार ईश्वरी थापा कार्कीले निर्वाचन खर्च विवरण बुझाउनुभएको छैन।  बिरुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार सूर्यबहादुर कुँवर, डोलराज पोखरेल, हेमन्त थापामगर र उपाध्यक्ष पदका उम्मेदवर भगवती शर्मा, साहाना थापा, हरिनास गाउँपालिकाका अध्यक्षका उम्मेदवार खिमनारायण मानन्धर, टोपबहादुर भुजेल, ऋषिराम लम्साल, रुद्रबहादुर थापा र उपाध्यक्ष पदका उम्मेदवार इन्द्रकुमारी थापाराना, मिठु लम्सालले पनि बुझाउनुभएको छैन। 

स्थानीय तहमा निर्वाचित भएका ५१२ जनामध्ये २२४ जनाले खर्च विवरण बुझाएका छैनन्। भीरकोट नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्य र उपप्रमुख भगवती रेग्मी, चापाकोट नगरपालिका प्रमुख देवकुमार खाण र उपप्रमुख इशा राना, बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कँुवर र उपाध्यक्ष भगवती शर्मा र हरिनास गाउँपालिका अध्यक्ष खिबबहादुर मानन्धर र उपाध्यक्ष इन्द्रकुमारी थापारानाले खर्च विवरण बुझाउनुभएको छैन।