• ११ मंसिर २०८१, मङ्गलबार

अस्ट्रियाविरुद्ध फ्रान्सलाई सफलता

blog

पेरिस, असोज ८ गते। किलियन एमबापे र ओलिभर जिरुको गोलको सहयोगमा फ्रान्सले बिहीबार राति नेसन्स लिगमा अस्ट्रियालाई २–० ले हराएको छ।

खेलका ५६औँ मिनेटमा एमबापेले तीन डिफेन्डरलाई छलाउँदै गोल गर्नुभयो। उहाँको यो २८औँ अन्तर्राष्ट्रिय गोल भएको छ। १० मिनेटपछि जिरुले एन्टोनियो ग्रिजम्यानको क्रसमा गाल गरी आफ्नो अन्तर्राष्ट्रिय गोल सङ्ख्या ४९ पु¥याउनुभयो। अब उहाँ फ्रान्सका लागि सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका थियरी हेनरीभन्दा मात्र दुई गोलले पछाडि हुनुहुन्छ।

फ्रान्स उपाधि रक्षा अभियानबाट भने बाहिरिसकेको छ।  क्रोएसिया, नेदरल्यान्डस् र बेल्जियमले पनि जित हात पारे। यी सबै राष्ट्र नेसन्स लिगको अन्तिम चारमा पुग्ने दाबेदारमा कायम छन्। क्रोएसियाले डेनमार्कलाई २–१ ले हरायो। सो खेलमा बोर्ना सोसा र मडफिल्डर लोभ्रो मायरले गोल गर्नुभयो। डेनमार्कका क्रिस्टियन इरिक्सनले गरेको गोल सान्त्वना मात्र बन्यो।

समूह ४ मा नेदरयान्डस्ले पोल्यान्डलाई २–० ले पराजित ग¥यो। खेलको १३औँ मिनेटमा नै कोडी गाक्पोको गोलबाट नेदरल्यान्डस्ले अग्रता बनाएका थियो। खेलको ६०औँ मिनेटमा स्टेभन बर्गविनले पनि गोल गर्नुभयो। यस समूहबाट नेदरल्यान्डस्को अगाडि बढ्ने धेरै सम्भावना छ। नेदरल्यान्डस् बेल्जियमभन्दा तीन अङ्कले अगाडि छ। गोल अन्तर पनि नेदरल्यान्डस्कै राम्रो छ। यद्यपि बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २–१ ले हराएर अगाडि बढ्ने आशा भने छोडेको छैन। बेल्जियमका लागि केभिन डि बु्रयन र मिची बात्सुयाईले गोल गर्नुभयो।

यसैगरी स्कटल्यान्डले युक्रेनलाई ३–० ले हराएर नेसन्स लिग दोस्रो श्रेणीको समूह १ मा शीर्ष स्थान बनाएको छ। गत जुनमा भएको विश्वकप फुटबल प्रतियोगिताको प्लेअफमा युक्रेनले स्कटल्यान्डलाई हराएको थियो। त्यसैले स्कटल्यान्डका लागि यो जित बदला पनि भएको छ। यसै मैदानमा सन् २०२१ को जुनमा भएको युरोपेली च्याम्पियनसिपको प्रिक्वाटरफाइनलमा युक्रेनले स्विडेनलाई पनि पराजित गरेको थियो तर यस पटक युक्रेनले ग्लास्गोमा पछिल्ला दुई जितको प्रदर्शनलाई दोहो¥याउन सकेन।

स्कटल्यान्डले तीनै गोल खेलको अन्तिम समयतिर ग¥यो। घरेलु मैदानमा युक्रेनलाई दबाबमा राखेको स्कटल्यान्डले खेलको ७०औँ मिनेटमा जोन म्याकगिनको गोलबाट अग्रता बनाएको थियो। त्यसपछि स्थानापन्न खेलाडी लिन्डन डाइक्सले खेलको ८० र ८७औँ मिनेटमा हेडरमार्फत दुई गोल गरेपछि स्कटल्यान्डको जित पक्का भयो। एपी