• १३ साउन २०८१, आइतबार

विद्यार्थीले मागे गाउँमै १२ कक्षा

blog

कालीकोट समाचारदाता

कालीकोट, असोज ७ गते । तिलागुफा नगरपालिका–६ का बालबालिकाले आफ्नै गाउँमा कक्षा १२ सम्मको शिक्षा प्राप्तको अवसर जुटाइदिन जनप्रतिनिधिसँग आग्रह गरेका छन्। 

नगरपालिकामा सोमबार आयोजित बालबालिकासँग उपप्रमुख विषयको छलफलमा विद्यार्थीले यस्तो माग राखेका हुन्। सत्यदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया अस्मिता शाहीले भन्नुभयो, “गाउँमै उच्च शिक्षा अध्ययन गर्न पाए हामीजस्ता आर्थिक अभावमा सहरमा गएर पढ्न नसक्ने विद्यार्थीलाई निकै सहज हुने थियो। त्यतातिर पनि ध्यान दिनुहुन्छ कि ? ”गरिबका छोराछोरी सहरमा बसेर पढ्न नसक्ने भएकाले गाउँमै उच्च शिक्षा पढ्ने अवसर जुटाइदिन स्थानीय सरकारसँग छात्रा प्रतिभाकुमारी शाहीले अनुरोध गर्नुभयो।  विद्यालयको भौतिक संरचनाको सुधार, विषयगत शिक्षकको व्यवस्थापन, खानेपानी, शौचालय, खेलमैदान, खेल सामग्रीजस्ता विषयमा नगरपालिकामा बृहत् छलफल गरी सुधार गर्नसमेत बालबालिकाले सुझाव दिएका थिए। उपप्रमुख महेन्द्रबहादुर शाहीले शैक्षिक क्षेत्रको सुधार, सबै किसिमका हिंसा न्यूनीकरण गर्न बालबालिकासँग उपप्रमुख कार्यक्रम ल्याएको जानकारी दिनुभयो।