• २ जेठ २०८१, बुधबार

नेपाल–भारत सहसचिव स्तरीय बैठक सुरु

blog

काठमाडौं, असोज ५ गते । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ । बुधवारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरूको दुई दिने बैठक सुरु भएको हो ।

बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिङ्क नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिँचाइको पानी छोड्नेबारे, सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोसी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ ।

त्यस्तै, कोसी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोसी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारे पनि बैठकमा छलफल हुनेछ ।

नेपालबाट भारत बहने अन्य नदीहरूको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा  नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ ।

यसैगरी, बैठकमा नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरूका बारेमा  छलफल हुनेछ ।