• १६ चैत २०८०, शुक्रबार

नौ सय साठी मतदाता घटे

blog

खोटाङ, असोज ५ गते । खोटाङमा नौ सय ६० मतदाता घटेका छन्, स्थानीय तह निर्वाचनको तुलनामा खोटाङमा मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कले देखाएको छ। 

जिल्लामा स्थानीय तहको निर्वाचनमा एक लाख ४३ हजार ७५२ मतदाता रहेका थिए। गत असार १ गतेदेखि साउन १९ गतेसम्म सञ्चालन भएको मतदाता नामावली सङ्कलन अभियानमा एक हजार २७५ नयाँ मतदाता पनि थपिएका थिए। केही समय अगाडि निर्वाचन कार्यालयले मृत्यु भएका, बसाइ सरेका र डुप्लिकेसन भएका मतदाता कटाउँदा जिल्लाको मतदाता सङ्ख्या घटेको हो। अब आगामी ४ मङ्सिरमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि खोटाङबाट एक लाख ४२ हजार ७९२ मतदाता कायम भएका छन् । जसमा पुरुष ७४ हजार ९२७ र महिला ६७ हजार ८६५ रहेका छन्।