• १४ वैशाख २०८१, शुक्रबार

गोली लागेका घाइतेको महाराजगन्जमा उपचार हुँदै

blog

गोरखापत्र अनलाइन

 काठमाडौं, असोज ३ गते । काठमाडौंको कागेश्वरी मनहारा–८ मा गोली चल्दा एकजना घाइते भएका छन् । प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले गोली चल्दा एकजना घाइते भएको बताउनुभयो । 

घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी भएको जानकारी उहाँले  दिनुभयो । दर्जीको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रवक्ता मैनालीकाअनुसार कागेश्वरी मनहारा–८ मा सोमबार साँझ गोली चलेको हो । अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ, घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।”